‘खानाका पारखीलाई उत्कृष्ट स्वाद खुवाउँछौं’

राजमान थकाली
सञ्चालक
दि मुग्लान रेस्टुरेन्ट एण्ड बार

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट खोल्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै तयारी थियो । सन् २०११ मा मैले अष्ट्रेलियाको सिड्नीमा दि मुग्लान रेस्टुरेन्ट एण्ड बार सञ्चालन गरेको थिएँ । मेरो पोखरासँगको सामिप्यताले त्यसको शाखालाई पोखरा ल्याउन सफल भएको छु । रेस्टुरेन्ट व्यवसायमा अष्ट्रेलियामा बिगत ७ वर्षदेखिको मेरो अनुभव थप परिस्कृत गर्दै पोखरामा ल्याएर लगानी बिस्तार गर्न सफल भएको छु । पोखरामा मुग्लानको शाखा सञ्चालनमा ल्याउने क्रममा साथ र सहयोग गर्ने सम्पूर्णप्रति म आभार व्यक्त गर्न चाहन्छु ।

अष्ट्रेलियाकै गुणस्तरमा पोखरामा खानाका पारखीहरुलाई सेवा उपलब्ध गराउँछौं । पोखराको न्युरोड स्थित मिड टाउन ग्यालेरियामा अत्याधुनिक सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साही र हर्षित छौं । १ सय ६० जनालाई एकैपटकमा सेवा प्रदान गर्न सक्ने गरी सञ्चालित रेस्टुरेन्टमा १ करोड रुपैयाँ लगानी भएको छ । पूर्ण पारिवारिक वातावरणमा रेस्टुरेन्टमा उत्कृष्ट थकाली खाना खुवाउँनेछौं ।

हरेक साँझ सांगीतिक कार्यक्रमको साथमा सेवा उपलब्ध गराउँनेछौं । हाम्रो रेस्टुरेन्ट अष्ट्रेलियामा उत्कृष्ट मध्यमा पर्छ । सोही अनुभवबाट पोखरामा अति उत्कृष्ट सेवा प्रदान गरी ग्राहकको विश्वास जित्नेछौं । पोखरामा खुलेको रेस्टुरेन्टमा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान हुनेछ भने रेस्टुरेन्टमा थकाली खानाका साथमा ग्राहकको रोजाई अनुसारको खाना तथा खाजा उपलब्ध हुन्छ । रेस्टुरेन्टमा ३५ जनाले रोजगारी पाएका छन् । उच्च शिक्षा पुरागरेसँगै विदेशमा सुरु गरेको व्यवसायलाई आफ्नै देशमा स्थापित गराउन पाउँदा निकै खुसी लागेको छ । आवश्यकता अनुसार मुग्लान ब्राण्डलाई अन्य देशमा पनि बिस्तार गर्ने मेरो तयारी छ ।

You might also like

Comments are closed.