खुत्रुकेको पैसाले मानव सेवाआश्रम लाई सहयोग

 

पोखरा, ३ भदौ

केहि बर्ष देखि तिजको दर खाने नाउमा होटल तथा पार्टी प्यालेसहरुमा दर का नाउमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले यसरी होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ ।

कास्की प्रशासनको यस सकरात्मक कार्यलाई समर्थन गर्दै पोखरा १० गिताशान्ति मार्ग महिला समूहका दिदी बहिनीहरुले आफ्नो खुत्रुकेको पैसाले मानव सेवा आश्रम छोरेपाटनमा आश्रीत ९२ जना आमा दिदी बहिनीलाई दर खुवाए ।

संस्थाका ६५ जना सदस्यहरुले आफुले खुत्रुकेमा बचाएर राखेको पैसा संकलन गरेर एकल , असाहय बृद्धाहरुलाई दर खवाएर पुन्य कमाउने काशिसमा लागेको संस्थाकी सचिव शान्ति सुवेदीले बताईन् । खाना मात्र नभइ महिला आमा दिदी बहिनीहरुका लागि प्रति सदस्यले एक एक वटा साडी समेत उपहार दिएको उनले बताईन ।

यस संस्थाले केहि बर्ष देखि पोखराको रामघाट शिवमन्दिर परिसरमा तिजको दिनमा तडकभडक रहित खुल्ला तिज गित प्रतियोगिता समेत आयोजना गर्दै आईरहको पनि सुवेदीले जानकारी दिईन् ।

संस्थाका सदस्यहरुको सहयोग बाट १७ हजार ४ सय ७५ रुपैया सहयोग साथै ३४ वटा साडी उपहार दिईएको र तीजको बेलामा यसरी एकल ,अनाथ , असाह्य आमा दिदीबहिनीहरुलाई भेटेर दर खुवाउन र सहयोग दिन पाउदा आफ्नै आमा दिदी बहिनी र दाजुभाईलाई भेटे जस्तो अनुभुती भएको संस्थाकी अध्यक्ष माया दुवाडीले बताईन ।

आफना वडाका महिला दिदीबहिनीहरुले यसरी खुत्रुकेको पैसाले मानव सेवामा एउटा उदाहरणिय काम गरेको पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य दिपक बहादुर थापाले बताए । थापा महिला समूह सहित मानव सेवा आश्रम छोरेपाटन मै सहभागि थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.