खेलकुद तथा पर्यटनलाई अन्तर्राष्ट्रिय संचार माध्यममा लैजान अन्तर्राष्ट्रिय इभेन्ट गर्नुपर्छः मन्त्री विश्वकर्मा

आर्थिक आवाज
पोखरा । युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनार (विश्वकर्मा)ले खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय संचार माध्यममा लैजान विभिन्न अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरु गर्नुपर्ने जानकारी गराएका छन् । खेलकुदलाई नजीकवाट नियाल्दा हरेक विधाका खेलहरु नेपालको प्रतिकुल मौषम, खोला, नदी, ताल–तलैया र भौगोलिक अवस्था अति अनुकुल रकेको बताए ।

यसर्थ पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय र निजी क्षेत्रबीच अन्तरक्रियात्मक कार्यक्रम गरी खेल विधा र भौगोलिक अवस्थाको अनुगमनबाट सुक्ष्म रुपमा संयुक्त लगानी गरी कार्यान्वयन गरेमा आन्तरिक एवं बाह्य पर्यटकहरुको स्वास्थ्य संरक्षण गर्नुका साथै आर्थिक रुपमा पनि मुनाफा लिन सकिने बताए ।

२०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा केही खेलहरु हुने जानकारी गराउंदै पोखरा रंगशालामा धेरै खेल विधाका पूर्वाधारहरु तयार हुंदै गरेको, आफ्नो तर्फबाट नेपाल भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्ने र २०७६ आश्विन २९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ का लागि सक्दो सहयोग गरी नेपाल चीन विचको सम्वन्धलाई प्रगाढ वनाउन पहल गर्ने वचनवद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले खेलकुद मन्त्रीको स्वागत गर्दै संघको गतिविधि वारेमा जानकारी गराएका थिए । संघका निवर्तमान अध्यक्ष विश्व शंकर पालिखेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ हुन लागको जानकारी गराए ।

६ महिना अघि संघका महासचिव अर्जुन पोखरेलको नेतृत्वमा दौड हुने स्थलको अवलोकन तथा त्यहांका स्थानयिहरु संग छलफल गरी दोडलाई कसरी सुरक्षित र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिइएको थियो । सोही समयमा रुटको छायांकन गरी अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रचार प्रसार गर्न चिनिया प्रतिनिधिहरुका साथै आयोजक एवं चिनका प्रतिनिधि तथा खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपाध्यक्ष (वाणिज्य) पवन कुमार प्रजापती, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे लगायत कार्य समिति सदस्यहरु गरी १४ जनाको सहभागीता रहेको महासचिव अर्जुन पोखरेलले जानकारी गराए ।

You might also like

Comments are closed.