खेल सँगै स्वस्थ खानाको लागि पोखरा स्काइ स्पोर्टस

 

पोखरा, २६ मंसिर

पोखराको भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काइ स्पोर्टस् संचालनको तयारी पुरा भएको छ । मंसिर २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य लगायत एडिन प्रधान , स्वप्न सुमन , अन्य कलाकारले साँगितिक प्रस्तुति दिनेछन् भने चर्चित मोडल निति शाहा सगै फेशन शो पनि रहेको छ ।

कार्यक्रममा तिन दिन सम्म नेपालका कलाकारहरुको बेजोड प्रस्तुति रहने ईभेन्ट म्यानेजर महेश्वर शिह भण्डारीले जानकारी दिए । पोखरामा एउटै छानामुनी मानिसको जीवनशैली प्रष्टसँग झल्किने यस्तो खाले हब पहिलोपटक निर्माण गरिएको हो । र, शायद यो नेपालमै पहिलो कन्सेप्ट हो । रेष्टुरेन्टले ग्राहकहरुलाई नै लक्षित गरि विशेष हाइजेनिक फूड उपलब्ध गराउने रेस्टुरेन्ट, बार र क्याफेलाई पनि सँगै संचालनमा ल्याएको छ रेष्टुरेण्ट सँगै खेलकुदलाई प्राथमिकता संरचनामा निर्माण गरिएको छ । स्काई स्पोर्ट्समा फुटसलका लागि दुईवटा ग्राउण्ड छन् । खेलकुदको माध्यमबाट पोखरा शहरका मानिसलाई स्वास्थ्य जीवन जिउन सन्देश दिने लक्ष्य रहेको स्काई स्पोर्टस ले जनाएको छ । फुटसल, लन टेनिस, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी र प्ले स्टेशनको सुविधा रहेको छ ।
खेल सगै हाइजेनिक खाना खुवाउने उदेश्यले रेष्टुरेण्ट पनि संचालन गरिएको छ । पोखराबाट देखिने सबै हिमालहरुको मनोरम दृश्य देख्न सकिने उक्त स्थानमा ग्राहकको क्षमता अनुसार खेलकुदमा प्याकेजको व्यवस्था गरिएको छ । उक्त रेष्टुरेन्ट मा एकै पटकमा १०० जना भन्दा बढीले सगै बसेर खान मिल्ने र व्यवस्थीत ढङ्गले खेल सगै आराम गर्ने रेष्टुरेन्ट, बार र क्याफेको सुविधाले युवावर्गलाई आकर्षित गर्ने छ । ग्राहकको लागी सिल्भर, गोल्ड र प्लाटिनम गरि तिनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज रहेको छ ।

लगभग ८ करोडको लगानीमा बनेको स्काइ स्पोर्टस र रेष्टुरेन्टको निमार्ण पुरा भएको छ । बिभिन्न खेलहरु खेल्न , हेर्नका लागि ३ सयदेखि ५०० जना अटाउन सक्ने सञ्चालक सुदिप दवाडीले बताए । खेल्न र खान जाने सबै ग्राहकलाई टिकट स्टिम राखिएको छ ।

You might also like

Comments are closed.