खोलाबेसी टोल विकास संस्थामा आचार्य

आर्थिक आवाज
पोखरा, ६ माघ । खोलाबेसी टोल विकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य निर्वाचित भएका छन् । पोखरा ३१ मा रहेको खोलाबेसी टोल विकास संस्थाको शनिबार सम्पन्न चौधौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा सूर्य प्रसाद सुबेदी, सचिवमा कमल सुबेदी, सहसचिवमा शिबहरि सुवेदी र कोषाध्यक्ष रमादेबी दाहाल सुवेदी चयन भएका छन् । सदस्यहरुमा सन्तोस सुवेदी, सूर्यमोहन बराल, महेश गुरुङ, बिक्की सुवेदी, रोषनी गौतम र रुकमाया सुवेदी छन् ।

सल्लाहकारहरुमा शंकर सुवेदी, रामचन्द्र सुवेदी, कुल प्रसाद सुवेदी, शिबराज आचार्य, बैन बहादुर गुरुङ, मनहरि सुवेदी, बलराम सुवेदी, कुम्भसिंह गुरुङ, नेत्र प्रसाद बराल, छबिराम सुवेदी र टेकनाथ बराललाई मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिए ।

कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कास्की संघीय निर्वाचन क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीले आफ्नो ठाउँको विकासका लागि आफै जागरुप हुनुपर्नेमा जोड दिदै आफ्नो गाउँ आफै बनाउ भन्ने नीति अबलम्वन गर्न जरुरी रहेको बताए ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले स्थानीय उत्पादनमा जोड दिदै खोलाबेसी किन र के का लागि आउने भन्ने बनाउन आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख साबित्री भण्डारीले विकास निर्माणका कामको अनुगमन गर्ने आफूहरुको जिम्मा भएकाले उक्त काम जिम्मेवारी पुर्वक गर्ने भन्दै पोखरा महानगर ३१ को जनप्रतिनिधी पनि भएकाले यस क्षेत्रको विकासमा पनि सहजीकरण गर्ने बताइन् । पोखरा महानगरपालिका वाड नम्वर ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीलाई बिकट र पोखराको कर्णाली हुन नदिने भन्दै आफू खोलाबेसीको विकासका लागि सधैं अगाडि रहेको बताए ।

खोलाबेसी टोल विकास संस्थाका अध्यक्ष शंकर प्रसाद सुवेदीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला नेताहरु युवराज पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, बिजया सुबेदी, बैन बहादुर गुरुङ, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, स्थानीय नेता गणेश बहादुर थापा लगायतले बोलेका थिए ।

खोलाबेसी टोल विकास संस्थाका कोषाध्यक्ष कमल सुबेदीले स्वागत गरेको कार्यक्रमको संञ्चालन टोल विकास संस्थाका सचिव कृष्णराज आचार्यले गरेका थिए । उक्त अवसरमा खोलाबेसी माइती हुने चेलिबेटीहरुबीच भेटघाट सहितको वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।

खोलाबेसी टोल पोखरा महानगरपालिकाको पुर्व क्षेत्रमा पर्ने भौगोलिक रुपमा पछि परेको बस्थी हो । सो टोलको सिमाना पोखरा महानगरपालिकाको वडा नम्वर २८, मादी गाउँपालिकाको वडा नम्वर १२ र रुपा गाउँपालिकाको वडा नम्वर ७ संग जोडिएको छ । निर्वाचित भएपछि पहिलो पटक सो स्थानमा पुगेका सांसद खगराज अधिकारीसंग स्थानीयबासीले तीन वटा स्थानीय तहको संगमस्थल भएर पनि आफ्नो टोल पछाडि परेको गुनासो गरेका थिए ।

You might also like

Comments are closed.