गणतन्त्रपछिको कृषि विकास र युवाको दायित्व

पुण्य पौडेल
सप्तगण्डकी दुग्द्य उत्पादक सहकारी संघ कास्की

आज म कृषिको बारेमा सामान्य केहि छलफल गर्न आबश्यक देख्दछु । कृषिको बारेमा नजन्ने ब्यक्ती त नहुनु पर्ने हो । तर कृषि मानिसको जीउने मुख्य आधार हो । यो मानिसले जहिले जंगली अबस्थामा शिकार पछि जंगली अनाज , फलफुल र अन्य बिभिद घाँसपात खाने अबस्था बाट अलि बिकशित अबस्थामा समुह रुपमा रहदा महिला बालबच्चा हेर्ने र बस्तीको वरपर खेतीपाती गर्थे । त्यस अबस्थामा जङ्गली जनाबरलाई घरपालुवाको रुपमा महिलाबाट पालन गरेर समुहलाई खाद्यान्न संकटको अबस्थामा परिबारको समस्यालाई मोचन गरिन्थ्यो । पशुबाट मात्र मानिसलाई जीउन कठिनाइ पर्ने अबस्थामा समुहको रक्षका लागि बसोबास क्षेत्रमा धेरथोर जङ्गली अनाजको पनि जर्गेना र पछि धेरथोर खेतीपातीको पनि शुरु भयो । जब खेतीको शूरु संगै मानिसमा फुर्सद र सामुहिक रुपमा उत्पादनमा लाग्दा समुहको मुलीबाट ब्यबस्थापकिय भूमिका गरेर बिश्वका ख्याती प्राप्त कृषि सभ्यता शुरु भएर आजको बिश्वमा भन्दा पनि अनुकरणिय बिकाश भएका इतिहास ज्यूँदै छन् ।

आजको बिश्वमा कृषि उत्पादनलाई बिकशित गरेर थोरै जनशक्त्तीबाट धेरै उत्पादन गरेर बिशाल जनसंख्यलाई पाल्न सक्ने अबस्थामा पु¥याएका छन । हाम्र छिमेकी भारत र चिन को मात्र कुषिलाई हेर्दा बिशाल जनसंख्यालाई भरणपोषण गरेर पनि बिदेशमा निर्यात गर्ने गरेकाछन् । ब्रिटेन ८% मानिसबाट खेतीपती गरेका आधारमा पुरा जनसंख्यालाई भरण पोषण गर्न सक्षम देखिन्छ त्यस्तै सयुक्त राज्य अमेरिकामा १२% मानिस कृषि पेशामा संलग्न छन् । ति १२% मानिसको उत्पादनले अमेरिकी जनता पालेर पनि बिश्वमा ठुलोरुपमा र्नियात गर्ने गरेको छ । हाम्रो देशमा पछिल्लो तथ्याङ्क अनुशार ५८% जनता कृषिमा निर्भर रहदा पनि २ खरब भन्दा बढीका खाद्यान्न र अन्य कृषिजन्य बस्तु आयातित भईरहेको तथ्याङ्कले हाम्रो अबस्थाले नेपालमा ५८% जनताको पेसाले उत्पादन गरेको कृषि बस्तुले नेपालका जनतालाई कृषि जन्य बस्तुको माग पुरा गराउन बिदेशबाट २ खरब जतिको कृषि जन्य समाग्री आयात गदै आएका छौ भन्दा कस्तो लाग्ला । यसबाट थाहा लाग्छ देशको अबस्था कस्तो छ । राज्यका ५८% जनताले प्रत्यक्ष परोक्ष रोजगारी , ३०% राष्ट्रको कुल ग्राहस्थ उत्पादन हिस्सा भएको क्षेत्रमा राज्यले बिकासको लागि कुल बजेटको ४% जतीमात्र छुट्याएको छ भन्दा कृषि प्रमुख क्षेत्र भन्ने तर राज्यको लगानी नाममत्रको तथ्यबाट प्रष्ट भएकोले राज्यबाट प्राथमिकतामा परेको भन्नु हुटिट््याउले आकाश धानेको छु भनेजस्तो हो ।

राज्यको यस्तो नीतिले कृषिमा बिकाश हुन्छ भन्दा कृषि नेपालको अर्थतन्त्रको मेरुदण भन्ने शब्दले अब पार गर्छ जस्तो लाग्दैन । जीउन नभइ नहुने कृषिको बिकाश बिना देशमा रहेको बेरोजगारी समस्या समाधान हुनसक्दैन । रोजगार बृद्धि नभए हालको अबस्थामा बिदेशमा दिनहु पलायन हुने युबाको स्वदेशमा रोजगार पाउने अबस्था देखिदैन र बिदेशिने युबा शक्त्तीले बिश्राम पाउन सक्ला जस्तो लाग्दैन । अत कुल जनसंख्याको आय, आधा भन्दा बढीको संलग्नता र एक तिहाइ राष्ट्रिय उत्पादनको अंश कृषिको देखिन्छ यसको उन्नती बिना देश समृद्धि हुन्छ न बेरोजगरमा कमी आउछ । यसको लागि कृषिको बिकाश समृद्धिको निकास हो । नेपालमा २०६० को दशकमा खाद्यान्न बिदेश निर्यात गर्ने देश अहिले यती बिशाल मात्रमा झण्डै २ खरब भन्दा बढीको आयात गर्ने अबस्था छ । यसबाट पार दिलाएर कृषिमा आत्मनिर्भर र विदेशिएको जनशक्तीलाई देशमा रोजगार दिलाउन प्रमुख जिम्मेबारीसरकारको हुनुपर्छ ।
कृषिमा आत्म निर्भर बनाउन र बिदेशिएका युबालाई देशमा नै रोजगार दिलाउन बिदेशमा काम गरेर पाउने तलब जति नभएपनि सुहाउदो आर्जनको लागि त्यस्तै ब्यबस्थानपन गर्नुपर्छ । उद्योग , ब्यापार लगायत अन्य पेसामा उत्पादन लागत कम र नाफा बढी हुने र कृषिमा लागत बढी र नफा अत्यन्त न्यून हुने हुदा अन्य क्षेत्रको सरह सामान्यत आर्जन मिल्ने गरि आर्जन दिलाउन किसानलाई लागत अनुकुल पर्ने गरि अनुदानको ब्यबस्था गरिनुपर्र्छ । अहिले केहि अनुदानको ब्यबस्था भए पनि त्यो नाम मात्रको र शक्त्ति भएकाहरुका लागि छ जो वास्तविक किसान कहाँ पहुच पु¥याएर अनुदान लिनसकेका कम छन् । अब किसानले बजरमा बस्तुको बिक्री गरेको आधारमा प्रतियुनिट निश्चित रकम दिने ब्यबस्था अबलम्बन गर्नुपर्छ । जस्ले किसानलाई हौसला मिलोस ।

मैले अनेत्रको सुनेको र पढ्ने मात्र गरेको छु । भारतमा प्रत्यक्ष देखेको छु । उत्तराअञ्चलको देहरादुनको सहकारी, कर्नाटकको दुध सहकारी र आन्द्र प्रदेशका ग्रामिणबस्तीमा कृषि विकासको लागि त्यँहाको दुबै सरकारले अनुदानको ब्यबस्था गरेको देखेको छु । देहरादुनका ग्रामिण बस्तीका मानिसहरु पलायन नहुन भन्नको लागि केन्द्रिय सरकार र प्रदेश सरकारले विभिन्न प्रकारका अनुदानको ब्यबस्था दिएको रहेछ । ग्रामिण क्षेत्रमा कृषि ब्यबसाय गर्ने किसानलाई २.५० % ब्याजमा ऋण ३ गाई पाल्ने किसानलाई एउटा गाईअनुदानमा ब्यबस्था गरिदिने, सहकारी मार्फत दुध ढुवानी, औषधोपचार निःशुल्क, पशु बिमा राज्यले गरि दिने, घाँसको बिउको ब्यबस्था गरिदिने तर त्यो सुबिधा शहरमा ब्यबशय गरेका लागि दिएको छैन । बैङ्गलोरमा बजारको मुल्य नै किसानलाई दिने, सहकारीलाई प्रती लिटर ८।– भारु प्रशोधन खर्च दिने सरकारबाट उपलब्ध गराउने र सहकारीले उन्नत बिउ, औषधी , बिमा लगायत सबै किसानको लागि उपलब्ध गराई दिने ब्यबस्था छ । दुध ढुवानी, २.५०% ब्याजमा ऋण को ब्यबस्थ गरेर ग्रामिण क्षेत्रमा पशुपालन, अन्य कृषि पेशामा त्यसरी नै राज्यबाट अनुदान दिएको देखियो । त्यस्तो अबस्थामा पनि मानिसहरुको अकर्षण शहर तिर बढिरहेको छ । हाम्रो देशमा त ससाना अनुदान पनि शक्त्ती भएका ब्यक्क्तीले लाने अनुदान पाइन्जेल खेती गरेजस्तो गर्ने अनुदान आउन छाडे पछि खेती गर्न छाड्ने । हाम्रो देशमा अनुदान शत्ता र पहुचको आधारमा दिने अबस्था छ । त्यस्तो अबस्थाको तत्काल अन्त्य हुनुपर्छ । हाम्रो देशमा राज्यद्धारा ऋणमा ४% ब्यज अनुदान दिने ब्यबस्था छ तथापी बैङ्कहरु जनतालाई ऋण मान्दैनन् । पशु र कृषि बिमा पनि कठिन देखिन्छ । बिमा कम्पनिहरु बिमा रकम सकेसम्म दिन नपरोस भन्ने अबस्थामा देखिन्छन । यस्तो अबस्थामा राज्यले नीति कडाइका साथ लागु गर्नुपर्छ ।

कृषि बिकाशको लागि अर्को अति आबस्यक बजार हो । बजारको हालत अझ कमजोर छ । हाल उत्पादित कृषि उपजलाई बजार अस्थिर छ, भरपर्दो छैन । यस्तो बजारलाई सुनिश्चित गर्न सकिएन भने किसानको उत्साह र जाँगर हराएर जान्छ । त्यो पेसाबाट किसान पलायन हुने अबस्था आउछ । हालै नेपालबाट उत्पादित अदुवा भारत नेपालको सिमामा लामो समय सम्म रोकिएर किसानलाई निरास तुल्याएको थियो । यस्तै अबस्था दुध बजारमा पनि छ । दुध कुनै मौसममा अत्याधिक हुने कुनै मौसममा कम हुने प्राकृतिक गुण जस्तै हो । अब त्यो सिजनमा दुधलाई पाउडरमा परिबर्तन गरेरमात्र भण्डारण गर्न सकिन्छ । त्यो पाउडरको उपयोग सुख्खा मौसममा गराउने र बिदेशमा र्नियात गराउने बाताबरण सृजना गराउनमा राज्यबाट नीतिगत रुपमा अगाडी बढाउदा किसानबाट उत्पादित दुधबिदा नगरिदा मात्रपनि ठुलो राहात महसुस गराउन सकिन्छ । बजार सिर्जना गराउदा कृषि उपजको सुरक्षित भण्डारण गरिनु पर्छ । सुरक्षित भण्डारणले उपयुक्त मुल्य बजारमा गराउन मद्दत पु¥याउछ । सुरक्षित भण्डारण बस्तुहरु अभाबको समयमा बितरण गराउन सकिन्छ । अर्को तरिका कृषि उपजको सुरक्षित भण्डारणका लागि कच्चा बस्तुबाट प्रशोधित रुपमा लादामात्र पनि लामो समय सम्म सुरक्षित बन्छन् । उदाहरणको लागि दुधमा पाउडर, चियामा प्रशोधन, कफीमा पनि प्रशोधन, अदुवामा सुठो, लेदो, पाउडर, अलैचमिा पनि सुकायर तयार गर्दा यिनमा सुरक्षित भण्डारण गराउन सकिन्छ । यो कामको लागि राज्यले उपयुक्त नीति बनाउदा स्वदेश र बिदेशमा पनि बजार बनाउन सकिन्छ । भण्डारण कृषि जन्य बस्तहरु दुइ प्रकारबाट हुन्छन । पहिलो शित भण्डार बनाएर राख्दा तरकारी, फलफुल, आलु, मासु, अण्डा, दुधको चिस्याउने कन्टेनर(चिलिङ सेन्टर) आदि र सुखा भण्डारण जसमा अनाज, सुठो, मैदा, मसला, जडिबुटी जस्ता बस्तुको अनुदानमा राज्यद्धारा भण्डारणको ब्यबस्थापन गर्न अनुदान को ब्यबस्था गर्न सक्नु पर्छ । यसरी भण्डारण गरेका बस्तुको अभाबको बेलामा स्वदेश र बिदेशमा आबस्यकताको समयमा उचित मुल्यमा बेच्न सजिलो हुन्छ ।

कृषिलाई व्यवसायिक रुपमा लैजान कस्तो शिक्षा आबस्यकता हुन्छ ति आबस्यकताको आधारमा तयार गरिनु पर्छ । हाल सम्म कृषि पेसामा रहनुहुने महानुभाब बाट आफ्ना सन्ततीलाई आफ्नो पेशामा मिल्ने खालको शिक्षा भन्दा अन्य क्षेत्रको अध्ययन गराउने गरिएको छ । अर्काे तर्फ राज्यले कृषि राज्यको प्राथिमकता छ भन्ने गरेको छ । तर कृषिलाई आधुनिकरण गर्नको खातिर तत्त सम्बन्धी शिक्षामा जोड दिनुपर्नेमा उच्च माबि र माबीमा अहिले सम्म पनि त्यस्तो तालिम वा शिक्षा प्राप्त गर्ने ब्यबस्था नभएको हुदा पनि कृषिलाई उन्नत किसिमले अगाडी बढाउन नसकिएको हो । अब प्रत्येक गाँउ पालिकामा कृषि र पशुका बारेको प्राबिधिक शिक्षा को ब्यबस्था हुनु पर्छ । हाल युबाहरु पशु र कृषि पेसामा रहदा ससाना प्राबिधिक समस्या परेर प्राबिधिक समयमा नपाउदा बाली वा पशु नै नष्ट गर्नु परेका कटु यथार्थ घटनाले पेशानै परिर्बत गरेका धेरै उदाहरण धेरै छन् । शिक्षाको साथमा अब स्थान अनुशार आधुनिक मेसिन तथा औजारको प्रयोग गरिनुपर्छ । तराइमा प्रयोग हुने मेसिन औजार पहाडको लागि उपयुक्त नहुन सक्छ । नेपालको ५८% भूमि पहाडी क्षेत्रमा परेकोले केबल १७% तराइका आधारमा भन्दा पहाडको लागि उपयुक्त्त मेसिन तथा औजार बनाउनु आवस्यक छ र यसको लागि दक्ष जनशक्तिको खाचाँे छ । अझ मुख्यत भौतिक पुर्बाधार (यातायात, सिंचाई, बिद्युतिकरण) यो बिना त झन कृषिलाई व्यवसायिक बनाउन सम्भव छैन । कृषि योग्य भूमिको बर्गिकरण गरि ती पुर्बाधार पुग्न राज्य गंभिर भएर नलाग्ने हो भने कृषिको ब्यवसायिकता भन्ने नारा कल्पनामा मात्र सिमित बन्न पुग्छ । अत अब कृषिमा व्यवसायिक बनाउन भूमिको बैज्ञानिक भूउपयोग नीति बनाएर कृषि भूमिको सुरक्षा गर्दैे भूमि देशभक्त किसान हो भन्ने बनाउन सक्नु पर्छ । हाम्रो देश सबै राजनीतिक आन्दोलनमा २००८ साल देखिका प्रत्येक आन्दोलनमा जमिन जोत्नेको नाराका साथमा कम्युनिष्ट पार्टी आन्दोलित भएका हुन् । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीलाई २००८ साल देखि २०१२ सम्म प्रतिबन्द लगाउदा पार्टी भुमिगत हुदा अखिल किसान संगले यो पार्टीलाई जिबन्त बनाएको किसान संगठन हो र यो बिर्सन नसकिेने घटना हो । त्यो नारा सबैखाले कम्युष्टिले ०६४ साल सम्म लगाएका थिए । अब आज जोत्नेको भूमि बनाउने कि राज्यको बनाउने वा अहिले जस्तै बेथिती अबस्थामा छ । गाँउ शहर बजार सबैक्षेत्रमा जमिन बाँझो राखेर बाँदर र जंगली जनाबरको बिगबिगीको अबस्थामा छन् । यो बिषय पनि उठ्न जरुरी छ । यदि जमिन राजकिय नबन्दा सम्म हालको भूमिको अबस्थाबाट रुपान्तरण नगरे सम्म किसानको उन्नती र कृषिमा राज्यबाट फड्को मार्न सक्दैन । कृषिको उत्पादनमा अत्याधिक बिकाश र अन्य पेश जतिकै बनाउने सबैका घोषणा पत्रमा उल्लेख भए छन त्यसरी भूमिको पुर्नसंरचना गरि देशलाई कृषिमा आत्मनिर्भर बनउदै बिदेशी मुद्रा आर्जनका लागि निर्यात गर्ने भनाइ राजनितिक पार्टीहरुका छन् । ति भनाइ अब साकार बनाउने पार्टीहरुबाट उचित नीति र संम्मानजनक बातबरण नबनाइ संभब छैन । यदि उचित बाताबरण, किसानलाई सम्मानित पेशाका रुपमा लिने र उचित नीति बनाएर कृषिउपज बिदेश निर्यातको साधानको रुपमा लाने अबस्थाको कल्पना गर्न सकिन्छ । त्यसकारण अब कृषिको बिकासमा राज्यद्धारा किसानलाई आत्मसाथ गरि भौतिक पुर्बाधार, समाजिक पुर्बधार( शिक्षा , प्रबिधी, बजार , भण्डारण, र मिसिन औजारको ) पुरा गराएर अगाडी बढ्न ढिलागर्न हुन्न ।

अहिले कृषिलाई मुख्य अर्थतन्त्र मानेर बिकास गराउन सहकारीका आधारमा ब्यवसायिक रुपमा अगाडी बढाउन कार्य अर्काे महत्वको पक्ष हो । सहकारीमा साना र मझौला किसानले पहिलो त आफ्ना जमिनमा ब्यवसायिक रुपमा उत्पादन गरेका कृषि समाग्री स्वयम उनीहरुकै संगठनको माध्यम द्धारा संग्रह, प्रोशोधन, भण्डारण र बजारकिरण गराउने स्थिती बनाउन सकेमा किसानले उचित मुल्य पाउछन् । जस्ले गर्दा लामो समयपछि बिचौलियाको पञ्जाबाट मुक्त गराउन सकिन्छ । कृषिमा शुरुमा नीति बनाउदा उनीहरुलाई प्रबिधी , पुर्बाधार, र राज्यद्धारा उत्पादनलाई बजारमा पु¥याएको आधारमा निश्चित रकम अनुदानमा दिने तत्काल ब्यबस्था गर्नु अबस्यक छ । अब सहकारी मार्फत किसानको उत्पादित उपजलाई संग्रह, भण्डारण, प्रशोधन र बजारिकरण गराउन सक्नुपर्छ । त्यो काममा कृषि सहकारीलाई मजबुद र सुढृणिकरण गरिनुपर्छ । अहिले कृषकबाट उत्पादित बस्तुहरु सबै बिचौलियाको चंगुलमा परिरहेको बरेमा कोही अनबिज्ञ छैनन् । तराइ वा पहाड सबै क्षेत्रका कृषि उपजको ब्यपारिबाट न्युनतम १५% देखि सतप्रतिशत सम्म नाफा लिएर किसान ठगिएका छन् । त्यो अबस्थाबाट पार गराउने मुख्य उपाय सहकारी हो । कृषि उत्पादन सहकारीले नै संकलन, भण्डारण, प्रशोधन , बजारिकरण गराउने गरि सुढृणिकरण गर्ने नीतिगत ब्यबस्था गराउनु पर्छ । यसो गर्दा बिभिन्न ग्रामिण क्षेत्रमा एक गाँउ एक उत्पादनलाई महत्व दिदै मुख्य उपजका साथमा सहउत्पादनलाई पनि एक साथ लान सकियो भने किसानको आयमा झन बृद्धि हुन्छ । जस्तै दुध उत्पादन क्षेत्रमा तरकारी , कफी उत्पादन गरिने क्षेत्रमा नरम काठका वा डाले घाँस, धान उत्पादनमा गहु ,मकै , र आलु जस्ता बहुबाली र पशु सगं तरकारी , कफी सगं डाले घाँस र खाद्यान्न बाली लगाउने बहुबालीको बिकाश गर्दा उत्पादन बृद्धि हुन्छ । खेती , फलफुल, खाद्यान्न उचाइ, हाबापानी, माटोका आधारमा उपयुक्त खेती र पशुपालमा भूमिको बर्गिकरण गरि उपयुक्त स्थानको चयन हुन आबस्यक छ । हाल सम्म त्यस्तो अबस्था बन्न सकेको छैन ।

माथी धेरै बिषमा छलफल त गरियो । कृषि ब्यबशायका रुपमा अपनाउने उपयुक्त जनशक्त्ती युबा हो । त्यो शक्त्तीलाई कृषि पेशामा संलग्न गराउन सकियो भने देशले कृषिमा फड्को मार्न सक्छ । अब युबा जमातलाई त्यो बातबरणको लागि शिक्षा, तालिम(बिषयगत बिज्ञता) आबस्यक पूँजि, बजार, सिंचाइ, भण्डारण, सुनिश्चित बनाउदै नोकरी, ब्यपार, र अन्य बिविध क्षेत्रबाट हुने आम्दानी जतिकै बन्ने अबस्था बनाउने गरि राज्यको नीति बन्नु अबस्यक छ । अर्को महत्वपुर्ण अन्य क्षेत्रका ब्यबशायी भन्दा किसानलाई संमानित बन्न्ो बातबरण पनि राज्यबाट बनाइनु पर्छ । यस्तो अबस्था सृजना भएमा हाल बिदेश तिर लामलाग्ने युबा शक्त्तिलाई रोकेर कृषि पेशामा लगाउने बाताबरण बन्न सक्छ । अब गणतन्त्र पछिको कृषिलाई राज्यकोे समृद्धिको प्रमुख क्षेत्रका रुपमा लिएको अबस्थामा यसलेखमा कृषिको शूरु अबस्था पछि हाल नेपालको कृषिको अबस्थाको सरमा चित्रण गरिएको छ । कृषि बिकाशमा अब लिनुपर्ने नीतिको केहि संक्षेपमा राखेको छु । ति बिषयमा भूमिको बर्गिकरण , माटो , उचाइ, हाबापानी को अधारमा खेती र पशुपालनको छनोट , भौतिक पुर्बाधारको बिकाश र समाजिक पुर्बाधारको गर्दै हरेक किसानको आत्म संमान हुने बाताबरण सृजना कृषि बिकाशको महत्वपुर्ण आयाम हो ।

footwear exchange
You might also like
1 Comment
  1. Santosh says

    Great article with insight into the Agriculture

Comments are closed.