गणतन्त्र दिवसको अवसरमा सृजना विकास केन्द्रले ग¥यो खुला दौड प्रतियोगिता

पोखरा, १५ जेठ

गणतन्त्र दिवस २०७६ को अवसरमा बुधवार पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मीनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु.१० हजार तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरि सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मीनेटमा दौड पूरा गरी द्धितीय भई नगद रु। सात हजार, तथा स्यालुट गोर्खा टे«निङका निराजन बुढामगर र टेकेन्द्र बोहोराले क्रमश ः तृतीय तथा सान्त्वना स्थान हासिल गरी क्रमशः नगद रु.पाँच हजार तथा तीन हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विक्रम कुमार खिचाजुले बताए ।

सिर्जनाचोकबाट शुरु भएको दौड सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुँदै सिर्जनाचोकमानै आएर समापन भएको थियो । सो प्रतियोगितामा ७४ जना सहभागी थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी)नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले देशमा गणतन्त्र स्थापना भई संविधान निर्माण तथा स्थिर सरकार बनेकाले अव विकास र समृद्धिमा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

सामाजिक सघं संस्थाहरुले पनि सरकारले लिएको विकास र समृद्धिको अभियानमा साथ र सहयोग पु¥याउनुपर्ने भनाई थापाको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष इन्द्र पौडेलले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले ऐतिहासिक दिनको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । संस्थाले जेठ १४ गते रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।

You might also like

Comments are closed.