गण्डकीको जगेडा कोषमा २ गुणा वृद्धि

पोखरा, ९ माघ । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडा कोषको रकम गत अवाको तुलनमा २ गुणाले वृद्धि भएको छ । गत आवमा रू. ४६ करोड ५५ लाख रहेको जगेडा कोष चालू आवमा रू. १ अर्ब १३ करोड पुगेको छ । सोही अवधिमा बैंकको नाफा १२ दशमलव ६४ प्रतिशत बढेर रू. २० करोड ४५ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि नाफा बढ्न पुगेको हो ।

चालू आवको दोस्रो त्रैमाससम्मा चुक्तापूँजी रू. १ अर्ब ८४ करोड पुगेको छ । यो गत आवको तुलनामा ५३ दशमलव ६६ प्रतिशतले बढी हो । सञ्चालन मुनाफा ११ प्रतिशत बढेर रू. ३१ करोड १४ लाख पुगेको छभने खुद ब्याज आम्दानी रू. ४५ करोड ३७ लाख पुगेको छ ।

बैंकको दोस्रो त्रैमासमा रू. १९ अर्ब ९२ करोड निक्षेप सङ्कलन भएको छभने कर्जा प्रवाह रू. १७ अर्ब ५६ करोड भएको छ । बैङ्कको निष्क्रिर्य कर्जा शून्य दशमलव ८८ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव १८, प्रतिशेयर नेटवर्थ रू. १ सय ६१ दशमलव ७३ रहेको छभने तरलता अनुपात २७ दशमलव ८७ प्रतिशत रहेको छ ।

आर्थिक अभियानबाट

You might also like

Comments are closed.