गण्डकीमा आरडिटीमार्फत ६४९ जनाको कोरोना परीक्षण

पोखरा । गण्डकी प्रदेशमा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी)मार्फत हालसम्म ६४९ जनाको नोवल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । ¥यापिड डाइग्नोष्टिक टेस्टबाट प्रदेशका विभिन्न जिल्लामा सो संख्याका व्यक्तिहरुमा कोभिड–१९ टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

हालसम्म बागलुङमा ४७६, कास्कीमा १९, गोरखामा २, स्याङ्जामा ११९ र म्याग्दीमा ३३ जनामा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी)बाट कोभिड–१९ परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार बागलुङको निसीखोलामा ११५, बागलुङ नगरपालिकामा १०४, बडीगाडमा १७३, ढोरपाटनमा ७७ र तमानखोलामा ७ जनाको परीक्षण गरिएको छ । कास्कीको रुपामा १७ र मादीमा २, गोरखाको गोरखा नगरपालिकामा २, स्याङ्जाको भीरकोट नगरपालिकामा ४०, बिरुवामा २८ र अर्जुनचौपारीमा ५१ तथा म्याग्दीको बेनी नगरपाकिलामा ३३ जनाको गरी ६४९ जनाको परीक्षण गरिएको उनले बताए ।

विहीबारबाट शुरु गरिएको ¥यापिड डाइग्नोष्टिक टेस्टबाट पहिलो दिन बागलुङमा १२ जनाको परीक्षण गरिएको थियो । शुक्रबार बागलुङमा ९४ जना र गोरखामा २ जना गरी ९६ जनामा कोभिड १९ मा परिक्षण गरिएको थियो । शनिबार भने थप ५४१ जनामा ¥यापिड डाइग्नोष्टिक टेस्टमार्फत कोभिड–१९ को परीक्षण गरिएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङबाहेक कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, गोरखा, स्याङ्जा, लमजुङ र नवलपुरमा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) किट पठाइसकिएको छ । मनाङ र मुस्ताङमासमेत १÷२ दिनमै ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) किट पठाइने प्रदेश स्वास्थ्य निर्देशक शर्माले बताए । उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयका ८ जनाको ¥यापिड डाइग्नोष्टिक टेस्ट टोलीलाई परिचालन गरिएको छ । शुरुमा ८ जनालाई तालिम दिएर उनीहरुमार्फत प्रदेशका सबै जिल्लाका स्थानिय तहहरुमा कार्यरत स्वास्थ्य कर्मचारीलाई तालिम दिएर स्थानीय स्तरमै किटमार्फत कोभिड–१९ परीक्षण गरिनेगरिएको छ ।

¥यापिड डाइग्नोष्टिक टेस्टबाट शुरुमा चैत महिनामा विदेशबाट गण्डकी प्रदेश भित्रिएकाहरुको कोभिड–१९ परीक्षण गरिनेछ । चैत महिनामा गण्डकी प्रदेशमा विदेशबाट ४ हजार १ सय ४६ जना भित्रिएको प्रदेश सरकारको आँकडा छ । विदेशबाट फर्किएका मध्ये ८० प्रतिशत अर्थात करीब ३ हजार जना ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) किटमार्फत स्वास्थ्य परीक्षणका लागि आउने अनुमान प्रदेश स्वास्थ्य निर्देशनालयको छ । विदेशबाट फर्किएकाहरुको परिक्षण सकिएपछि मात्रै स्थानियको परिक्षण गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.