गण्डकी कन्स्ट्रक्सन सःमिट चैत १ गते पोखरामा

आर्थिक आवाज
पोखरा, २१ फागुन । पोखरामा ‘गण्डकी कन्स्ट्रक्सन सःमिट’ हुने भएको छ । चैत १ गते शुक्रबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सःमिट हुन लागेको हो । गरुड इन्टरटेनमेन्ट एण्ड कन्स्ट्रक्सनको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने गरुड इन्टरटेनमेन्टका निर्देशक प्रदीप पहारीले जानकारी दिए । नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासंघ, महासंघ गण्डकी प्रदेश र नेपाल निर्माण व्यवसायी संघ कास्कीको प्रत्यक्ष सहभागितामा कार्यक्रम हुने पहारीले जानकारी दिए ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । ‘निर्माणसँग सरोकार राख्नेहरुका लागि सःमिट निकै प्रभावकारी हुनेछ,’ उनले भने, ‘अबको निर्माण व्यवसाय कस्तो हुनुपर्छ भनेर वृहत छलफल हुनेछ ।’

You might also like

Comments are closed.