गण्डकी टेक्टर व्यवसायीको नेतृत्वमा सन्तोष सिग्देल

पोखरा, ४ फागनु । गण्डकी टेक्टर व्यवासायी समितिको १६औं वार्षिक साधारणसभा तथा आठौं अधिवेसनले आगामी कार्यकालका लागि सन्तोष सिग्देलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  सर्वसम्वत रुपमा गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर थापा, प्रथम उपाध्यक्षमा लक्ष्मण बास्तोला, द्वितीय उपाध्यक्षमा डम्वर ढकाल, सचिवमा नबिन प्रसाद बास्तोला, सहसचिवमा नारायण कोइराला, कोषाध्यक्षमा दिनेश कुवँर र सहकोषाध्यक्षमा गंगा बहादुर केसी छन् ।

समितिको सदस्यमा विश्वराज तिवारी, उदय बहादुर थापा, अर्जुन पंगेनी, अर्जुन श्रेष्ठ, विष्णु प्रसाद सुबेदी, श्रीधर पौडेल र रमेश केसी छन् । उद्घाटन कार्यक्रम समितिका अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको भएको थियो भने कार्यक्रमको उद्घाटन गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका अध्यक्ष पदम बहादुर केसीले गरेका थिए ।

You might also like

Comments are closed.