गण्डकी दोभानको आयोजनामा वृहद स्वास्थ्य शिविर हुँदै

पोखरा, २६ पुस । लायन्स क्लब अफ गण्डकी दोभानको आयोजनामा वृहद स्वास्थ्य शिविर हुनेभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा माघ ४ गते शुक्रबार स्तन तथा क्यान्सर परीक्षण शिविर हुने क्लबका अध्यक्ष लक्ष्मी कुँवर थापाले जानकारी दिइन् । नौडाडा स्वास्थ्य चौकीमा शिविर हुनेछ ।

शिविरमा महिलाको स्तन तथा पाठेघर र पुरुषको छाति तथा शरिरका विभिन्न ठाउँमा आउने गाठाहरुको अत्याधुनिक मेसिनद्वारा परीक्षण हुने कार्यक्रम संयोजक जोर्जिना भट्टराईले जानकारी दिइन् । कार्यक्रममा वि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटलका वरिष्ठ प्राविधिकहरुको सहयोग रहनेछ । कार्यक्रमलाई थाहा फाउन्डेशनले संयोजन गर्ने बताइएको छ । ढिकुरपोखरी समाज पोखराले स्थानीय व्यवस्थापन र अन्नपूर्ण गाउँपालिकाले सहयोग गर्ने थापाले जानकारी दिइन् ।

You might also like

Comments are closed.