गण्डकी प्रदेशका तेक्वान्दो खेलाडीको विदाई, गण्डकीकै ६ जनालाई रेफ्रीको अवसर

पोखरा, ५ वैशाख । ८औं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत ६ गतेदेखि भैरहवामा शुरु हुने तेक्वान्दो प्रतियोगितामा भाग लिने गण्डकी प्रदेशका खेलाडीहरुको आज पोखरामा एक समारोहका बिच विदाई गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ र महासचिव रमेश पौडेलले खेलाडीहरुलाई शुभ–कामनासहित विदाई गरे ।

ध्यक्ष गुरुङले तेक्वान्दो खेलका लागि गण्डकी प्रदेश उर्भर भूमिंका रुपमा परिचित भएकाले खेलाडीहरुले यस खेलबाट स्वर्ण पदक ल्याउन सफल हुने विश्वास व्यक्त गरे । महासचिव पौडेलले खेलाडीहरुलाई मेडलसंगै व्यावसायिक रुपमा पनि सफल बनाउनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गत गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ र म्याग्दीका २२ खेलाडीले सहभागिता जनाउने छन् । यसअघि म्याग्दीमा आयोजित प्रदेश स्तरीय प्रतियोगितामा उत्कृट प्रर्दशन गरेका खेलाडीहरु छनौट हुन सफल भएका हुन् । टोली प्रशिक्षकमा बलराम लामा र परशुराम बोहरा छन् । खेल खेलाउन गण्डकी प्रदेशकै ६ जना रेफ्रीलाई पनि सोही समारोहबीच विदाई गरियो । रेफ्रीको अवसर पाउनेहरुमा सुनबहादुर लामा, कर्ण प्रधान, नन्दु विष्ट, राजन पौडेल, अरुण माझी र गंगाबहादुर श्रेष्ठ छन् ।

You might also like

Comments are closed.