गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री ‘स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’वाट सम्मानित

पोखरा, १७ जेठ

विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन सम्मानित भएकी छन् । जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाएको उनलाई सम्मान गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले स्वास्थ्य मन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार पुनलाई सम्मान गरेको हो । पुरस्कारको राशि रु ५०हजार रुपैयाँ रहेको छ ।

सुर्तीजन्य पदार्थको सेवनले नेपालमा बर्षेनी २५ हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको तथ्याङ्क छ ।

You might also like

Comments are closed.