
मंसिर २२,तनहुँ ।
गण्डकी प्रदेशका १४ जना स्रष्टा शनिवार दमौलीमा सम्मानित भएका छन् । नेपाल लेखक संघ तनहुँले स्रष्टा सम्मान काव्योत्सव कार्यक्रम मार्फत गण्डकी प्रदेश भित्रका ८ जिल्लाका स्रष्टाहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा म्यादीका अजयमिलन श्रेष्ठ, बाग्लुङका ओमप्रसाद शर्मा ‘घायल’, पर्वतका इन्द्रकुमार विकल्प, स्याङ्जाका विश्वप्रेम अधिकारी, कास्कीका तारा पाखे, विजय बजिमय, नरहरि अपाध्याय गौतम, देवेन्द्र भटराई, तनहुँका अम्बिकाप्रसाद भटराई, काशीनाथ न्यौपाने, लमजुङका रामचन्द्र शास्त्री, गोरखाका नारायण पोखरेल, नवलपूरका टीका सापकोटा पोख्रेल, सदानन्द अभागी रहेका छन ।
श्रष्ट्राहरूलाई सम्मान गर्दै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले तनहुँ जिल्ला लेखक तथा साहित्यका क्षेत्रमा पवित्र स्थलको रूपमा रहेको चर्चा गरे । लेखकका कृतिले राष्ट्रमा ठुलो योगदान पु¥याईएको उनको भनाई थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्र बाट आएका लेखकहरुले वि.पीको बारेमा कविता वाचन गरेका थिए । नेपाल लेखक संघ तनहुँकी अध्यक्ष गौकुमारी न्यौपानेको सभापत्विमा भएको कार्यक्रममा नेपाली लेखक संघका केन्द्रिय पूर्व अध्यक्ष डा. तुलसी भटराई, नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष डा. कुसुमाकर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Comments are closed.