गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

पोखरा ।

शुक्रवार विहान गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको स्वाव परिक्षणमा २१ जनामा संक्रमण देखिएको हो ।

तनहुँ भानु नगरपालिकामा २० जना र स्याङ्जा पुतलीबजारमा १ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रवार जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

भानुमा १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ भने पुतलीबजारका १ पुरुष रहेका छन् ।

You might also like

Comments are closed.