गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा। गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण देखिएको हो ।

यस सँगै संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेका स्वास्थ्य निदैशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका २ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना र नवलपसारी पुर्वका १२ जना रहेका छन् ।

You might also like

Comments are closed.