गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

पोखरा ।

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरु लमजुङ, नवलपरासी र कास्की जिल्लाका रहेका छन् ।

लमजुङमा २० जना, नवलपरासीमा १ र कास्कीमा २ जना गरी गण्डकी प्रदेशमा २३ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।संक्रमित हुनेमा २२ जना पुरुष र १ महिला छन् ।

You might also like

Comments are closed.