पोखरा ।
गण्डकी प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३९ संक्रमित थपिएका हुन् । यस सँगै संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको छ ।
थप संक्रमितहरु लमजुङमा २६, नवलपुरमा १०, बागलुङमा १ र कास्कीमा २ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.