गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण

पोखरा ।
गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै प्रदेशमा कोरोना संक्रमित को संख्या २ हजार १ सय ४४ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ७ जना संक्रमण देखिएको हो ।

संक्रमितहरु कास्कीका ३ जना, लमजुङका १, तनहुँका १ र गोरखाका २ जना रहेका छन् ।

You might also like

Comments are closed.