गण्डकी प्रदेशमा भएका फरकफरक दुर्घटनामा ७ जनाको मृत्यु,  ६६ जना घाइते

नवलपुरासी (पूर्व) : सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मिति २०७५।०७।०४  गते मध्यबिन्दु नगरपालिका-११ बाहुनिकुना स्थित पूर्व पश्चिम राजमार्गमा ईटहरीबाट भैरहवातर्फ आउदै गरेको लु १ ख ८४५४ नं. को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०मिटर तल खस्दा बसमा सवार ५० जना मध्य ५ जनाको घटनास्थलमा नै  र १ जनाको उपचारको क्रममा गरी जम्मा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी बस्ने २७ वर्षीय रामजित राई, सुनसरीका ३२ वर्षीय अव्दुल अन्सारी, भारतको बिहार बस्ने विद्यानन्द यादव, भारतको UP गोरखपुरका दिपक पाशवन साथै थप एक जनाको सनाखत हुन सकेको छैन । घाइतेहरु मध्ये ३९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

स्याङजा : जिप दुर्घटनामा १ जनाको मृत्यु, १९ जना घाईते

मिति २०७५।०७।०४ गते अन्दाजी १३:३५ बजेको समयमा स्याङ्जाको गल्याङ नगरपालिका-७ गल्याङ पिढिखोला भित्र  सडक खण्डको गारन्दीमा सिरौसाबाट गल्याङतर्फ आउदै गरेको लु१ज ३३८० नं.को पिकअफ जिप ब्रोक फेल भई सडक देखी अन्दाजी १० फिट तल खस्दा एक जनाको मृत्यु भएको छ । अन्य २० जना घाईते भएका छन् । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ०७ का ३२ वर्षीय राम प्रसाद भण्डारी रहेका  छन् । घाईतेहरुलाई उपचारको लागि लुम्बिनि मेडिकल कलेज प्रभास पठाईएको छ ।

गोरखा :  सवारी दुर्घटना

मिति २०७५।०७।०४ गते गोरखा नगरपालिका-९ खोल्खोलेमा  गोरखाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ५ ख ५०३६ नं.को बसले विपरित दिशाबाट आउदै गरेको ग १४ प ३१८२ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटरको पछाडि सवार जिल्ला सिन्धुपालचोक त्रिपुरा नगरपालिका-३ बस्ने वर्ष ३३कि शोभा बस्नेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी(पूर्व) :  सवारी दुर्घटनामा २ जनाको घाइते

मिती २०७५।०७।०४ गते कावासोती नगरपालिका-८ पुरानो कावासोती स्थित लु २ ख १११५ नं.को बसले लु ३७ प २८६६ नं. को स्कुटरलाई ठक्कर दिंदा देवचुली नगरपालिका-१६ रजहर बस्ने वर्ष २८कि संगम पौडेल र बुटवल उप-महानगरपलिका-१३ देविनगर बस्ने वर्ष २८कि आरती पोख्रेल रहेका छन् । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

पर्वत : सवारी दुर्घटनामा ४ जना घाइते

मिति २०७५।०७।०४ गते बिहादी गाउँपालिका-५ उराम स्थित पैयुँकोटबाट स्याङजाको वालीङतर्फ जाँदै गरेको लु१ज २५५१ नम्बरको जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १७ जना मध्ये ४ घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारको लागि हुवास उपश्वास्थ्य चौकी पर्वत पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

मिती : २०७५।०७।०४ गते ।

प्रहरी नायव उपरीक्षकगोविन्द पुरी 

You might also like

Comments are closed.