गण्डकी प्रदेशमा मन्त्रीको भन्दा पिएको भ्रमणभत्ता दोब्बर, कुन मन्त्रीले कति बुझे ?

पोखरा, २५ पुस । गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए)ले दोब्बर भ्रमणभत्ता बुझेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकास मन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमणभत्ता बुझ्दा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् । रोहितराज पराजुलीको बाइलाइनमा नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमा समाचार छापेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमण भत्ता बुझेका छन् । पोखराबाट गृहजिल्ला लमजुङ र अन्य जिल्लाको भ्रमणभत्ताबापत यो रकम बुझेका हुन् ।

आर्थिक मामिला मन्त्री किरण गुरुङले ९६ हजार ८ सय, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले ७४ हजार, उद्योग मन्त्री विकास लम्सालले ५४ हजार, कृषिमन्त्री लेखबहादुर थापाले ४८ हजार भ्रमणभत्ता बुझेका छन् । मन्त्रीहरुले निजी काममा जिल्ला जाँदासमेत भ्रमणभत्ता लिने गरेका छन् ।

You might also like

Comments are closed.