गण्डकी प्रदेशमा संक्रमित संख्या १८४४ पुग्यो, २३ जना संक्रमित थप

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितका संख्या १ हजार ८ सय ४४ पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमित संख्या २३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए । आइसोलेसनमा  १ जना रहेको छन् ।

प्रदेशमा हालसम्म ३८ हजार ६ सय ५२ जनाको नमुना संकलन भएको छ । संक्रमण नदेखिएको संख्या ३६ हजार ८ सय ७ छ । संक्रमित मध्ये निको भएको संख्या १ हजार ५ सय ९० छ । प्रदेशमा कोरोना संक्रमितको मृत्यु हालसम्म ७ जनाको भएको छ । हाल आइसोलेसनमा रहेकाको संख्या (सक्रिय केस) २ सय ४७ पुगेको छ ।

हाल क्वारेन्टाइनमा रहेकाको संख्या १ हजार ८४ जना रहेको छ । लकडाउन पछि आजसम्म विदेशबाट आएकाहरु मध्य अधिकांश भारतबाट आएका छन् । भारतबाट गण्डकी प्रदेशमा आएकाको संख्या १२ हजार ९ सय १५ रहेको छ । तेस्रो मुलुकबाट गण्डकी प्रदेशमा आएकाको संख्या ६ हजार १ सय ९८ रहेको शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.