गण्डकी प्रदेशमा सोमबार देखि पानीको मुल्य घटने, स्वदेशकै पानी उपयोग गर्न आग्रह

 

पोखरा, १९ जेठ
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीले जानकारी दिए । अधिकारीले पहिले जारको मुल्य बजारमा ७० रुपैयाँ भएकोमा अव देखि ६० रुपैयाँ र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताए ।

विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुदा मुल्य घटाइएको संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । नेपाल खानेपानी सस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजो आज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ ।

नेपालको पानी गुणस्तरीय भएकोले विदेशबाट पानी आयत गर्न आबश्यक नरहेकोे नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जनाएको छ । हिमालको पानी नेपालबाट विदेश निर्यात गर्न सरकारपनि लागि रहेको सन्दर्भम स्वदेशकै पानी प्रयोगमा गर्नुपर्नेमा संघले जोड दिएको छ

You might also like

Comments are closed.