गण्डकी प्रदेशमा १९० होम–स्टे पुँजीगत अनुदानका लागि छनौट

सन्देश श्रेष्ठ
पोखरा, फागुन २४गण्डकी प्रदेश सरकारले पुँजीगत अनुदानका लागि १९० होम–स्टे छनौट गरेको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले जनही १० देखी १५ लाख रुपैयाँ पुँजीगत अनुदान दिनका लागि गण्डकी प्रदेशका १९० होम–स्टेलाई छनौट गरेको हो । पुँजीगत अनुदानका लागि २२८ होम–स्टेले निवेदन पेश गरेपनि होम–स्टे दर्ता र तोकिएका मापदण्ड पूरा गरेका १९० होम–स्टे मात्रै छनौट गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । छनौट भएका होम–स्टेसँग सम्झौतासमेत भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । सम्झौता भएका होम–स्टेलाई तत्काल ४ लाखका दरले रकम प्रदान गरिएको र बाँकी रकम प्रगति हेरेर वितरण गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

पुँजीगत अनुदानका लागि कास्कीबाट १८ वटा होम–स्टे छनौट भएका छन् । कास्कीबाट पोखरा पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी, पोखरा २३ का दमदमे, सिधाने र ठूलाखेत, पोखरा ११ का काहुँ धरहरा प्रिमियम र वाडचोक, पोखरा ३१ को पचभैया, माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ, घलेल, मर्दी हिमाल, धिताल हेमजाकोट, सदीक्षा, भेंडाबारी, कुईबाङ र कोलेली, अन्नपूर्ण गाउँपालिकाका बाकोट, रुपा गाउँपालिकाको मोहोरिया, मादी गाउँपालिकाको चिप्ली, सिक्लेश होम–स्टे छनौट भएका छन् ।

पर्वतबाट कुस्मा नगरपालिकाका चनौटे, पञ्चासे काउलेगाउँ, पञ्चाकोशी, सुनाखरी, ठूलीपोखरी, खोला भूमेकोटर सरुञ्चौर, मोदी गाउँपालिकाबाट खुइजेरी, बराह हलहले, चित्रे ग्रामिण पर्यटन, रामज ठूलीपोखरी, राम्जाठाँटी, मुसीरानी, भुकदेउराली नमूना गाउँ, ताङ्लेकोट, लप्सीबोट, पूर्णगाउँ देउराली, लेस्पार, क्याङ, जयगाउँ, फलेवास नगरपालिकाबाट फलेवास, डहरे देउराली, लिमी भुमेकोट, चार भञ्ज्याङ, हिमालयन, विहादी गाउँपालिकाका सालडाँडा, बच्छेश्वर, गेप्ताङ, शालीग्राम छाप, शिला शालिग्राम, महाशिला गाउँपालिका पैयूँ गोल्र्याङ, दुक्तान, हरियाली, सर्वु डाँडा, लाम्तुन ग्रामिण पर्यटन, दह, मण्डली र जम्पुर, पैयूँ गाउँपालिकाबाट हिले ईकाङ भोर्ले, सेन्टर प्वाइन्ट र जलजला गाउँपालिकाको बासखर्क होम–स्टेका लागि छनौट भएका छन् ।

म्याग्दीबाट रघुगंगा गाउँपालिकाका मिलन, झि, एकता र रानीपौवा होम–स्टेका लागि छनौट भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाबाट ग्वाँदी, गाउँ, भाल्थुम, बज्रे भन्ज्याङ, रीप, लाखुडाँडा, लिहुडाँडा, पेलाकोट, रुपाखानी, आलमदेवी, तम्कीकोट होम–स्टे अफ सल्यान भिलेज, गेजा म्यूजिकल, दाङसिङ, गेजा, लवरकोट, पकवादी, गराङ्दी र कपुर्दी, वालिङ नगरपालिकाबाट बुढाकोट राम्चे, सुन्तलाबारी र मैदान, पुतलीबजार नगरपालिकाबाट चन्द्रकोट तमु भिलेज, साँदीखोला, मिलिनियम भैंसेगौंडा, चिरुवा, हुनीकोट र कोल्मा, कालिगण्डकी गाउँपालिकाबाट आलमदेवी, प्रगति मैदान चुहानथोक र लालीगुराँस, विरुवा गाउँपालिकाबाट गहते मनकामना, आँधीखोला गाउँपालिकाबाट सिरुबारी, देउराली र मडुवा, फेदीखोला गाउँपालिकाबाट बौद्ध तमु र रामकोट, जगतभञ्ज्याङ गाउँपालिकाबाट देउराली, अर्जुनचौपारी गाउँपालिकाका लामडाँडा र भीरकोट नगरपालिकाबाट ओखतीपानी र खिलुङ होम–स्टे छनौटमा परेका छन् ।

तनहुँबाट बन्दीपुर नगरपालिकाबाट विमल नगर, विन्ध्यवासिनी, तीनधारा, रामकोट, बन्दीपुर, धरमपानी कन्यउादेवी, अशौवोटे, मोहोरिया, डाँडाछाप आँगाटारी र कोरिका, भानु नगरपालिकाका ग्रीनहिल भिलेज, टुटेपानी, बयापानी, बाँसखर्क, मिर्लुङ कान्छी बराह मडकिना र बाँसपानी, ब्यास नगरपालिकाबाट कुलुङ, तनहुँसुर देवस्थल, केशवटार, जौवारी, दुम्सी नमूनाग्राम दराई र आँपश्वारा सामुदायिक दलित, शुक्ला गण्डकी नगरपालिकाका कुमाल, दगाम, ढोर लामागाउँ, रजस्थल, इमान्दार र स्थानथोक कोट दरबार, म्याग्दे गाउँपालिकाका डाँडागाउँ हर्षपुर र मानहुँ, देवघाट गाउँपालिकाका गोपीटार र कराँदीप, घिरिङ गाउँपालिकाको नेपाल दरै समाज उत्थान समितिद्वारा सञ्चालित होम–स्टे पनि अनुदानका लागि छनौट भएका छन् ।

लमजुङबाट क्होंलासोंथर गाउँपालिकाका गिलुङ, घाम्राङ, पसगाउँ र भुजुङ गाउँ, राइनास गाउँपालिकाबाट राइनासकोट र कुँडुले, बेशीसहर नगरपालिकाबाट मगर, रापासिङ र काउलेपानी, मस्र्याङ्दी गाउँपालिकाबाट तामाङ र सिउरिङ, सुन्दरबजारका गहते मूलकोट, तुर्लुङकोट र खजेगाउँ दुराडाँडा होम–स्टे पुँजीगत अनुदानका लागि छनौट भएका छन् । मुस्ताङबाट लोमान्थाङ गाउँपालिकाको चुमजुङ, दामोदरकुण्ड गाउँपालिकाको मराङ, घरपझोङ गाउँपालिकाको थकाली तथा मनाङबाट नासोङ गाउँपालिकाको ओडार र ताचै होम–स्टे पुँजीगत अनुदानका लागि छनौट भएका छन् ।

गोरखाबाट अजिरकोट गाउँपालिकाबाट चामे छहरा, बुद्धनम्की, झ्याम्ला भुमे र प्रगति, पालुङटार नगरपालिकाको पाच्यान गाउँ, वारपाकको वारपाक, सहिद लखन गाउँपालिकाका बेतिनी, शहीद लखन, गोर्खा नगरपालिकाका पस्लाङ होम–स्टेपनि पुँजीगत अनुदानका लागि छनौट भएका छन् । बागलुङबाट काठेखोला गाउँपालिकाका बेलढुंगा, रेस, बौर, डोटादेउराली, फापरखेत, झुलेनी, ठूलढुंगा, माहुरी झरना र शिवधुरी, गलगोट नगरपालिकाका सिद्धस्थान, रिघा, गलकोट स्टोन भिलेज र तोरीखोला, बरेड गाउँपालिकाको सिग्दी, जैमिनी गाउँपालिकाको सिद्ध वराह र ढोरपाटन नगरपालिकाको ढोरपाटन उत्तरगंगा होम–स्टे पुँजीगत अनुदानका लागि छनौट भएका छन् ।

त्यस्तै नवपुर जिल्लाबाट कावासोती नगरपालिकाका अमलटारी र चिलाहारत्वल, देवचुली नगरपालिकाका पिप्रहर, बौदीकाली, लाहापेगुरुङ र दराई होम–स्टेपनि पुँजीगत अनुदानका लागि छनौट भएका छन् । पुँजीगत अनुदानबाट प्राप्त रकम होम–स्टेले सडक पूर्वाधार निर्माण, होम–स्टेका लागि घर पुर्ननिर्माण, ट्वाइलेट, बाथरुम निर्माणदेखी सांस्कृतिक घर निर्माणमा खर्च गर्नुपर्ने जनाइएको छ । छनौटमा परेका होम–स्टेलाई शुक्रबारै प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.