expert

गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुने

Beacon

पोखरा, २६ वैशाख
वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो ।

सेमिनारमा स्वास्थ र सौन्दर्यसँग सम्बन्धित हेयर केयर तथा स्किन केयरका सामाग्रीहरु, स्वास्थको लागि अर्गानिक ग्रीन टी र मह लगायतको महत्व वारेमा उत्पादक, सौन्दर्य, एवं आयुर्वेदिक बिज्ञले जानकारी दिने बताइएको छ । त्यस्तै सहभागी मध्येबाट लक्की ड्र मार्फत १० भाग्यशाली बिजेतालाई विशेष उपहार प्रदान गरिने छ ।

स्वदेशी आयुर्वेदिक एवं खाद्य उत्पादन प्रयोग र प्रवद्र्धन, दीर्घकालीन स्वास्थ्य, सौन्दर्य एवं राष्ट्रिय अर्थतन्त्रका लागि फेमिलियर अभियान भन्ने मूल नाराका साथ नौ वर्ष अघि वल्र्ड मार्ट युनिक सोलुसन प्रालि स्थापना भएको थियो ।  प्रालि स्वदेशी स्रोत साधनको प्रयोगबाट विभिन्न आयुर्वेदिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामान उत्पादन र बजारिकरणमा क्रियाशील छ ।

प्रालिले आगामी दिनमा खाद्य तथा दैनिक उपभोग्य सामानको १०० औं उत्पादन लञ्च गर्ने तयारी गरिरहेको अध्यक्ष सुमन दाहालले जानकारी दिए । स्वदेशमा उत्पादन भएका बस्तुहरुको चिनारी र बजारीकरण गर्नु कम्पनीको मूख्य उदेश्य हो ।

यस अघि प्रदेश नम्बर १, २ र ३ अन्तर्गत झापा, मोरङ ,इलाम,चितवन र हेटौडामा सेमिनार गरिसकेको छ । पोखराका सेमिनार सकेर प्रदेश नम्बर ५, ६ र ७ मा गर्ने योजना छ ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...