गण्डकी प्रदेश प्रमुखद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

पोखरा, १५ फागुन । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोलामा बुधबार दिउँसो मन्त्रीसहित ७ जनाको ज्यान जाने गरि भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  बुधबार एक शोक वक्तव्य निकालेर प्रदेश प्रमुख कुँवरले दुर्घटनामा निधन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सबै मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

‘हेलिकोप्टरमा सवार ७ जनाको निधन भएको दुःखद खबरले मलाई स्तब्ध र अत्यन्तै दुःखी बनाएको छ’ गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जारी गरेको शोक वक्तव्यमा भनिएको छ,‘यस दुःखद घडीमा मृतकका शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।’ प्रमुख कुँवरले दुःखद घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवाद समेत दिएका छन् ।  नाइन एन अल्फा माइक इन्डिया (एएमआई) कल साइन भएको हेलिकोप्टर बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोलामा दुर्घटनामा परेको थियो ।

You might also like

Comments are closed.