पोखरा ।
गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधन हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई
सवारी साधनको चावी हूतान्तरण गरेक हुन् ।
प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्त दुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन प्रदेश सरकारलmेसवारी साधन हस्तान्तरण गरेको हो । टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर१८, टिभिएस अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको हो । चाबि हस्तान्तरण पश्चात मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरुको अवलोकन समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्नुहुँदै प्रदेश सरकार आफ्नो स्थापनाकाल देखि नै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन दृढ रहेको बताए ।
कार्यक्रममा धन्यवाद व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ लगायत गण्डकी प्रदेश सरकार प्रति नै आभार व्यक्त गर्दै हस्तान्तरीत सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
साथै संगठनका तमाम समस्या र चुनौतीहरुलाई परास्त गर्न जिम्मेवारीको बोध, व्यावसायिक सामथ्र्य र जवाफदेहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा साधन श्रोतको उचित एवं प्रभावकारी ढँगबाट अधिकतम परिचालन गर्दै उच्च व्यवसायिक नैतिकता तथा पारदर्शी रुपमा समयानुकुल सेवा प्रदान गर्न हरपल क्रियाशिल रहेको बताए ।
कार्यक्रममा स्वागत मन्त्वय राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनुभुति गर्ने नागरिकहरुका चाहना पुरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरुले सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवा सहितको गुणस्तरिय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी.लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।
Comments are closed.