आर्थिक आवाज
पोखरा । गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौरले दसैं तिहारको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा दिवाभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रमेशकुमार के.सी.ले दसैंले सम्पूर्ण नेपालीहरूमा मूल्यवान जीवन जीउने कलाको अभिवृद्धि प्राप्त भई समृद्धि बढोस् भन्ने कामना गरे । ‘स्वार्थी भावनाबाट मुक्त भएर सेवाको भावना लिई काम गरेमा विद्यालय÷महाविद्यालय तथा विद्यार्थीहरूको कल्याण भई समग्रमा सबैमा समृद्धि प्राप्त हुन्छ,’ उनले भने ।
इकाई प्रमुख नारायणप्रसाद सुवेदीले दसैंले विश्वमा शान्ति प्राप्त होस, धार्मिक सहिष्सुणता प्राप्त हु“दै भाइचाराको सम्बन्ध सबैमा बढाउन सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । विद्यालयका प्राचार्य वीरेन्द्र खड्काले राम्रो काम थलानी गर्न ढिलासुस्ती गर्नु नहुने बताए ।
सो अवसरमा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा विद्यालय व्यवस्थापन समिति सदस्य नारायणप्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्य पुष्पेन्द्र पाण्डे, सिटिईभीटी कास्कीका प्रमुख तथा शिक्षक अभिभावक सङ्घका सदस्य जीवन भण्डारी, शिक्षक अभिभावक सङ्घका सदस्य डा. रामचन्द्र बराल, एग्बोसा पोखराका अध्यक्ष कमलबहादुर श्रेष्ठलगाएतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालय÷महाविद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको विद्यालयका सहायक प्राचार्य यज्ञराज शर्माले सञ्चालन गरेका थिए ।
Comments are closed.