गण्डकी मेडिकल कलेजका विद्यार्थी केसी मृत अवस्थामा भेटिए

पोखरा, २ चैत । गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । म्याग्दी घर भइ गण्डकी मेडिकल कलेजमा एमबिबिएस अध्ययन सकेका शिशिर केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखराको सेदीस्थित फेवा किनारमा शनिबार उनको शव फेला परेको हो । केसी पोखराको रत्नचोकमा बस्दै आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

You might also like

Comments are closed.