गण्डकी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति

आर्थिक आवाज
पोखरा, ६ चैत । तोकिएको भन्दा बढी शुल्क लिएको बिरोधमा विद्यार्थी आन्दोलित भएसँगै विवादमा आएको पोखराको गण्डकी मेडिकल कलेजले अन्तत लिइएको बढी शुल्क फिर्ता दिने भएको छ । गण्डकी मेडिकल कलेजसहित अन्य विभिन्न कलेजले जथाभावी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए । कलेजका विद्यार्थीहरुको आन्दोलनमा विद्यार्थी संगठनहरुले पनि साथ दिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विद्यार्थी संगठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीबीच बिहीबार भएको वार्तामा मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको समेत उपस्थितिमा सिंहदरबारमा वहुपक्षीय वार्ता भएको हो । वार्तामा भएको सहमतिसँगै विद्यार्थी आन्दोलन पनि फिर्ता हुने भएको छ ।

You might also like

Comments are closed.