गण्डकी विकास बैंकका चार नयाँ शाखा, पाँच वटा शाखा छिट्टै

पोखरा, २३ साउन । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले शाखा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले एकैदिन थप ४ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा नयाँ शाखा सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

नयाँ शाखा थपसँगै बैंकको शाखा संख्या ७२ पुगेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, इसिसी र आइपिएस, सी आस्वा, मोबाइल बैकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकले छिटै नै नेपालको पूर्वदेखि पश्चिमसम्म थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी थापाले जानकारी दिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...