आर्थिक आवाज
पोखरा । गण्डकी विकास बैंक लिमिटेडले ३ ठाउँमा शाखा विस्तार गरेको छ । कपिलबस्तुको जितपुर, पाल्पाको रामपुर र धादिङको मलेखुमा गरी थप ३ शाखा कार्यालयहरुको विस्तार गरेको हो ।
शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । यो संगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ८८ स्थानमा पुगेको छ । बंैकका शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ सेवा प्रदान गरिने थापाले बताए ।
Comments are closed.