गण्डकी विकास बैंकको विनाधितो कर्जा र दुर्घटना विमा सहितको आकर्षक योजना

पोखरा, १ असोज ।

गण्डकी विकास बैंकले ग्राहकको मागलाई ध्यान दिदै विना धितो रु १५ लाख सम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ ।

बैैंकले वचत खाता तर्पm दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटिएम, एविविएस, मोवाईल बैकिङ, आश्वा सेवा लगायत रु ५ लाख सम्मको दुर्घटना विमा समावेश गरिएको छ । त्यसैगरी बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । जसमा निशुल्क एटिएम, एविविएस, मोवाईल बैकिङ, आश्वा लगायतका थुप्रै सेवा प्रदान गर्नुको साथै रु ५ लाख सम्मको दुर्घटना बिमा पनि समावेश गरिएको वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

यी सेवाहरु बैंकका ७६ वटै शाखाहरुबाट प्रदान गरिनेछ । ग्राहकहरुले आफुलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट सेवा लिन सक्नेछन् । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।

You might also like

Comments are closed.