गण्डकी विकास बैंकको शाखा विरेन्द्रनगरमा

पोखरा, २५ मंसिर ।

गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुवेदीले गण्डकी विकास बैंकले विरेन्द्रनगरमा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग गर्ने बताए । साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे । बैंकका सञ्चालक कृष्ण बहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोती प्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेक बहादुर भण्डारी लगायतले बोलेका थिए बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराएका थिए ।

jutta mela

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस,एटिएम,सिआश्वा, आईपिएस, मोवाईल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

 

बैंकले आ.व. २०७५÷७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकले जनाएको छ ।

.

You might also like

Comments are closed.