गण्डकी विकास बैंकको शाखाको मानपकडीमा

पोखरा १७, माघ ।
गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीे शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले शाखाको औपचारीक उद्घाटन गदै गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पु¥याउन आग्रह गरे । बैंकलाई मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको उनको भनाइ थियो ।

बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले बोलेका थिए ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत र कार्यक्रमको बैंकका कर्मचारी आविष्कार खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिस, एटिएम, एएसबिए आइपिएस र मोवाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।

You might also like

Comments are closed.