गण्डकी विकास बैंकको शाखा भोजाडमा

पोखरा, ६ फागुन

गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका ११, भोजाड बिशालचोकमा शाखा शुभारम्भ गरेको छ । चितवन निर्वाचन क्षेत्र न.२(ख) का प्रदेश सभा सदस्य बिजय सुवेदीले शाखाको औपचारीक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वोल्दै सुवेदीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं. ११ का वडा सचिव श्री ओम प्रकाश न्यौपाने, बरिष्ठ समाजसेवी श्री तेजेन्द्र बहादुर खडका तथा श्री धनन्जय शर्मा लगायतले वोलेका थिए ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले जानकारी गराएका थिए साथै बैंकका नायव प्रबन्धक सुरज शर्माले स्वागत गरेका थिए । भोजाड शाखाका शाखा प्रबन्धक केशव राज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सिआश्वा, आईपिएस, मोवाईल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।

बैंकले आ.व. २०७५÷७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव रु. ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २६ अर्ब १९ करोड र कर्जा तर्फ रु.२३ अर्ब ३८ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

You might also like

Comments are closed.