गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा विहीबारदेखि शाखा सञ्चालनमा ल्याएको छ । यससंगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

यससंगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सीआस्वा, इसीसी, आइपिएस, मोबाइल बैकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ सेवा प्रदान गरिनेछ ।

बैंकले आ.व. २०७४÷७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु. २० अर्ब ०६ करोड पु¥याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून छ ।

You might also like

Comments are closed.