गण्डकी विकास बैंकको साधारणसभा सम्पन्न, १४ दशमलव २० प्रतिशत लाभांश पारित

आर्थिक आवाज
पोखरा, २६ पुस । गण्डकी विकास बैंकको ११औं वार्षिक साधारणसभाले बिहीबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको आर्थिक वषै २०७४÷७५ को वार्षिक प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७४÷७५ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

साधारणसभामा शेयरधनीहरुको तर्फबाट राखिएका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुशील गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले दिएका थिए । बैंकले आ.व. २०७५÷७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप रु. २३ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जा लगानी रु.२१ अर्ब २४ करोड पु¥याएको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, एसएमएस, सिआश्वा, आइपिएस, मोबाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३ सय ६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा समेत प्रदान गर्दै आइरहेको थापाले जानकारी दिए । न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि बैंकले प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.