गण्डकी विकास बैंकद्वारा एकैसाथ ४ शाखा कार्यालयहरुको उद्घाटन

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले एकैदिन ४ वटा नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरेको छ । काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको प्रमुुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले जानकारी दिए ।

भक्तपुरको थिमी शाखाको समुद्घाटन बैंकका अध्यक्ष सुशील गौचनले गरे । जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाहरुको समुद्घाटन क्रमशः बैंकका सञ्चालकहरु बासुदेव त्रिपाठी, नारायण बहादुर बानियाँ एवं किशोर ओझाले गरेका हुन् । बैंकको नेपालभर ९५ स्थानमा शाखा सञ्जाल पुगेको छ ।

भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष सुशील गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नति गर्र्दै मुलुकभर ठुुलो बैंकिङ सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । गण्डकी विकास बैंक तीन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक हो ।

न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को बेस्ट म्यानेज डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ छ । यही पुस मसान्त सम्ममा कुल निक्षेप ३४ अर्ब २५ करोड रुपैयाँ तथा कर्जा प्रवाह २७ अर्ब ५३ करोड रुपैयाँ रहेको थापाले जानकारी दिए ।

पूर्व ताप्लेजुङको फुङलिङदेखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ, मनाङ तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएको नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले जानकारी दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...