गण्डकी विकास बैंकद्वारा डस्टविन सहयोग

पोखरा । गण्डकी विकास बैंक लिमिटेडले पोखराको विरौटामा रहेको बालोदयटोल विकास समितिलाई डस्टविन सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक दायित्व बहन गर्ने क्रममा डस्टविन सहयोग गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बालोदयटोल विकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवाप्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

टोल विकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्राचार्य दुर्गा पंगेनीले बैंकको भूमिकाप्रति आफू सन्तुष्ट रहेको धारण राखे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राखेका थिए ।

गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिवबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.