पोखरा, १७ बैशाख
गण्डकी विकास बैंक लि. ले चितवनको भरतपुर म.न.पा वडा नं. २६ ज्योतिनगरमा रहेको विअपि बालशिक्षा केन्द्रमा सहयोग गरेको छ । केन्द्रमा अध्ययनरत विअपि अर्थात विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी १ सय थान कपी तथा १ थान लुगाधुने साबुन सहयोग गरेको छ ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिदै उक्त सहयोगको लागी धन्यवाद व्यक्त गरे । उक्त सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखाप्रमुख ज्ञानेन्द्र प्रसाद मैनालीले हस्तान्तरण गरेका थिए ।
बैंकको तर्फबाट सव क्लष्टर प्रमुख सुरज शर्माले े सहयोग हस्तान्तरण गर्दै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए । साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने वताए ।
Comments are closed.