गण्डकी विकास बैकद्वारा नगद लाभांश प्रस्ताव

पोखरा, ५ मंसिर ।

गण्डकी विकास वैक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ सम्मको संचित मुनाफाबाट शेयरधनिहरुलाई चुक्ता पूंजीको १४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

बैंकले केन्द्रिय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना सञ्चालन गर्दै आएको छ ।

बैकले एबिबिएस, एटिएम, सिआस्वा, आइपिएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्दै आएको थापाले बताए ।

You might also like

Comments are closed.