गन्र्धव नाटकघरमा ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’

पोखरा, १६ असोज ।

पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन हुने भएको छ । नाटक यहि आश्विन १७ र १८ गते दुई दिन देखाइनेछ । दुई दिननै साँझ ५ बजे नाटक हेर्न पाइनेछ । वन वल्ड थिएटरको प्रस्तुतीमा निर्माण गरिएको यो नाटक वार्षिक नाट्य यात्रा २०७५ अन्र्तगत पोखरा थिएटरको आयोजनामा पोखरामा मञ्चन हुन लागेको हो । उमा सुवेदीको कथा रहेको नाटकको परिकल्पना तथा निर्देशन राजकुमार पुडासैनीले गरेका छन् । नाटकमा राजकुमार पुडासैनी सहित कमलमणी नेपाल, लुनिभा तुलाधर, रेनु योगी, सुरज तमु, आलोक थामी, हाना नगरकोटी, रोशनी स्याङो, सन्दीप श्रेष्ठ, अर्मत दाहाल, दामोदर खतिवडाको अभिनय हेर्न पाइनेछ । नाटक मार्फत कलाकारकै पिडालाई देखाइनेछ । नाट्य यात्रा मार्फत यो नाटकलाई नेपालका विभिन्न शहरमा मञ्चन गरिएको थियो ।

पोखरामा हुने नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । यो नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा २ सय रुपैयाँको टिकट लाग्नेछ । यस नाटकलाई बुकिङ मार्फत अतिरिक्त सो देखाउने तयारी समेत आफुहरुले गरेको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले जनाए । पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि हालसम्म विभिन्न १९ नाटक मञ्चन भइसकेका छन् ।

You might also like

Comments are closed.