गरिमा बैंकको शाखा ललितपुरको कुमारीपाटीमा

पोखरा, ८ चैत ।

गरिमा विकास बैंक लिमिटेडले ललितपुरको कुमारीपाटीमा शाखा संचालन शुरु गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले उद्घाटन गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन् । बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा शाखा संचालनको तयारी गरेको छ । बैंकले चैत ६ गते सम्म रु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.