गरिमा बैंकद्धारा बिद्यालयलाई खानेपानी ट्याङकी सहयोग

पोखरा, १० मंसिर ।

गरिमा बिकास बैक लिमिटेड शाखा कार्यालय तल्लोगगनगौंडले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित सामुदायिक सरकारी बिद्यालय श्री कालिका आधारभूत बिद्यालयलाई खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ । कार्यक्रममा बिकास बैकको पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी, लघुबित्त बिभाग प्रमुख नविन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केश बहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगौडा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बिद्यालयको तर्फबाट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गुरुङ, प्रधानाध्यापक बिष्णु बहादुर बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, अबिभावक संघका पदाधिकारीहरु बिद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै बैकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीहरुले स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि बैंकले पानी ट्याङकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । साथै उनले गरिमा बिकास बैकले ग्राहकलाई अरु प्रतिस्पर्धीहरु संग प्रतिस्पर्धा गर्न सक्ने सवै सेवा सुविधाहरु छिटो छरितो रुपमा प्रदान गरि ग्राहकको मन जित्न सफल भई आज विकास बैकहरुको अग्र स्थानमा रहेको समेत जानकारी गराए । बैकले बिद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त पानी ट्याङ्की सहयोग गरिएको बैकका तल्लो गगनगौडा शाखा प्रमुख केश बहादुर गुरुङले जानकारी गराए । विद्यालयको तर्फबाट बोल्दै विद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर बस्नेतले विद्यालयको समस्या तथा संभावना बारे जानकारी गराउदै पानी टंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको बताए । प्रधान कार्यालय काठमाडौं लाजिम्पाटमा रहेको गरिमा विकास बैकले हाल देश भरि ६६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेकोे छ ।

You might also like

Comments are closed.