गरिमा बैंकबाट विदेशी मुद्राको खरिद बिक्री सेवा सुरु

आर्थिक आवाज
पोखरा, १७ माघ । गरिमा विकास बैंकले वैदेशिक मुद्राको खरिद बिक्री कारोबार सुरुवात गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको शुभारम्भ गरे ।

यस सुविधा अन्र्तगत सम्पूर्ण ग्राहकले अब गरिमा विकास बैंकबाटै विदेशी मुद्राहरु खरिद, बिक्री र सटही गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । बैंकले गतवर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.