गरिमा बैंक र विशाल कोअपरेटिभ बीच रेमिट सम्झौता

पोखरा, ४ भदौ ।

गरिमा विकास बैंक लिमिटेड र विशाल कोअपरेटिभ संस्थाबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

आइतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र विशाल कोअपरेटिभ संस्था लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुदीप ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात विशाल कोअपरेटिभ संस्था लिमिटेडबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा बैंक खातामा रकम जम्मा गर्न सकिने बैकका नायब महाप्रबन्धक÷कम्पनी सचिव माधवप्रसाद उपाध्यायले जानकारी दिए ।

You might also like

Comments are closed.