‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन सम्झौता

पोखरा, २८ जेठ ।

गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेड बीच ‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । जेष्ठ २४ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआई सी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात एनआई सी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआई सी एशिया रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.