पोखरा, १४ जेठ ।
गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंक बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पछि ओम डेभलपमेण्ट बैंकका हाल देशभर रहेका ५२ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुबिधा प्रधान गरिएको गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।